किन तानिइन् विवादमा नायिका आँचल ?


काठमाडौ ।
नायिका आँचल शर्मा फेरि एक पटक विबादमा तानिएकी छिन् । रंगपत्रकार प्रकाश सुवेदीसँगको कार्यक्रममा बोल्दा बोल्दै चिप्लिएकी आँचलले भलिबल खेलाडी सिपोरा गुरुङको विगत कोट्याएको प्रसङ्गका कारण उनी ट्रोलको शिकार बनेकी हुन् ।

सिपोरा गुरुङलाई कसरी चिन्नुहुन्छ भन्ने प्रश्नमा आँचलले उदिपजीको पूर्व प्रेमीका हुनुहुन्छ’ भनेर जवाफ दिएपछि धेरैले उनलाई सिपोराको भावी जिन्दगी र उनको जिन्दगीको गोपनियताको ख्याल नगरेको भन्दै उनीविरद्ध खनिइरहेका छन् ।
कार्यक्रम सञ्चालकले कुरा कोट्याउन खोज्दै विषयलाई तन्काउन खोजेको मौकामा उनले पहिला दिएको उत्तर भलिवल खेलाडीलाई यती मात्रै भनेपछि आँचलले ‘उदिपजीको पूर्व प्रेमीका हुनुहुन्छ’ भनेकी हुन् । कार्यक्रम सञ्चालकले सिपोराको तस्विर कार्यक्रममा देखाउँदा आँचलले उनी निकै राम्री भएको तर आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमानको पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भनेर उल्टै प्रतिप्रश्न गरेकी छिन् । उनले आफ्नो विगतको बारेमा सोधिएको प्रश्नको उत्तर घुमाउरो पाराले दिएकी छिन् ।

प्रतिक्रिया