युवराज सफललाई कलाकार दीपकराजको व्यङ्ग्य: रवीविरुद्ध मुद्दा हाल्न म पनि जाउँ कि क्या हो ?


काठमाडौ ।
चलचित्र छक्का पन्जाले सत्रको दाउ पल्टाइरहेको बेला निर्माता एवम् कलाकार दीपकराज गिरीले पछिल्लो समय रवी लामिछनेको विरुद्ध अदालतमा हात धोएरै लागिपरेका नेपाल समाजवादी मोर्चाका संयोजक भनिने सामाजिक संजालमा भाइरल युवराज सफलमाथि आफ्नो फेसबुक स्टाटसमार्फत कडा व्यङ्ग्य प्रहार गरेका छन् । चलचित्र छक्का पन्जा चलिरहदा आजभोलि आफू फुर्सदिलो भएकाले आफू पनि रवीविरुद्ध मुद्दा हाल्न जाउँ कि क्या हो भन्दै सफलको काम नभएकोले मुद्धाको पछि लागेको भन्ने आशय उनको देखिन्छ ।
गिरीले लेखेका छन-” अलिकति फुर्सद पनि भो …के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउकि क्या हो रवी लामिछानेलाई … । उनको यो स्टाटस यतिखेर सामाजिक सन्जालमा खुब भाइरल भएको छ ।

प्रतिक्रिया