नेपाल- चीन संस्कृति शिखर सम्मेलन काठमाडौमा सम्पन्न


-नवराज चौलागाईं/८चैत्र काठमाडौ ।

नेपाल चीनबिचको संस्कृति आदानप्रदान गर्ने उद्देश्यका साथ चीन–नेपाल संस्कृति शिखर सम्मेलन विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । गत सोमबार फिनिक्स इन्सपिरेसनले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रित नेपालका लागि चिनिया राजदुत चेन सङले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम चेनले भन्नुभयो-“हो हामीमा भाषाको असहजता छ तर हाम्रो यही असजतालाई सहजता दिनकै लागि पनि यस्ता भाषिक एवम् साँस्कृतिक कार्यक्रम आवश्यक बनेको छ । भाषाको सहजता भएपछि दुई देशबीचको मित्रता झनै बलियो हुनेछ । त्यसका लागि फिनिक्स इन्सपिरेसनले महत्वपूर्ण भूमिका खेलेको छ ।”
सोमबार काठमाडौको अलोफ होटलमा सञ्चालित उक्त कार्यक्रममा विशेष गरी भाषा,खाना, एवम् साँस्कृतिक कृयाकलापले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने कुरा संस्थाका अध्यक्ष विनोद ब्लोनले बताउनुभयो । आयोजकका तर्फबाट अर्का सदस्य निरोज महर्जनले नेपाल र चीनबिचको मैत्री सम्बन्धलाई यस्ता कार्यक्रमले झन् टेवा पुग्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष बिनोद ब्लोनको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाल–चीन चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष डा.राजेश काजी श्रेष्ठ, विशिष्ट अतिथिमा पूर्वराजदुत (इजरायलका लागि नेपालका तर्फबाट) डा.अन्जान शाक्य लगायत विभिन्न विद्यालयका शिक्षक एवम् प्रधानाध्यापकहरुको समेत उपस्थिति रहेको थियो । सम्मेलनमा ललितपुरका चार उत्कृष्ट विद्यालय प्रीमियर,माछापुच्छ्रे,अनल ज्योति र सुदेसाका विभिन्न विद्यार्थीहरुले चिनियाँ भाषामै कार्यक्रम सञ्चालन गरी सास्कृतिक गतिविधि पस्किएका थिए । कार्यक्रम सञ्चालन गर्न अलि पहिला नै नेपालस्थित चिनिया राजदुतावाससँग छलफल भएको र कार्यक्रमको लक्ष्य एवम् उद्देश्य राम्रो भएकाले कार्यक्रमप्रति सकारात्मक भई आयोजना गर्न सफल भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया