पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु छलफलमा जुट्दै।
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले गरी रहेको छ। पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको यो बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।

