पुण्य गौतम टेलिभिजन प्रस्तोता बन्दै


काहमाडौ ।
सामाजिक संजालमा बेला बेलामा विभिन्न गडबडी कुरा गर्दै कहिले गाली त कहिले ताली भेट्दै भाइरल बनेका पुण्य गौतम टेलिभिजन प्रस्तोता बन्ने भएका छन् । कम्युनिस्ट राजनीतिका समर्थक गौतम कहिले माओवादी त कहिले समाजवादीको कित्तामा रहेर चियाउदै आएका छन् । आफूलाई पिएचडी स्कलर भन्ने भाइरल गौतमले समय सापेक्ष राजनीतिको विश्लेषण पनि गर्ने गरेका छन् । आजै मात्र उनले सामाजिक संजाल “रिल”मार्फत स्पेस फोरके टेलिभिजनबाट आफूले चाडै(करिब एक हप्ताभित्रै) तात्तातो र टेलिभिजनकै इतिहासमा फरक र रोमाञ्चक कार्यक्रम ल्याउने जानकारी दिएका छन् । उनले कस्तो कार्यक्रम ल्याउछन् त्यो भने हेर्नै बाकी छ ।

प्रतिक्रिया