चर्को ब्याज असुली गर्ने वित्तीय संस्थालाई नेकपाको चेतावनी


ललितपुर ।
पछिल्लो समयामा वित्तीय सस्थामा देखिएको बेइमानीलाइ चिर्न नेकपाले वित्त सहकारी, बैक लघुवित्त लगायतले अनावश्यक बढाएको ब्याजदर सामाजिक अपराध भन्दै मिटरब्याजीलाई कारवाही लगायत विषयमा लगनखेलमा कोणसभा कार्यक्रम गरेको छ । गत शुक्रबार लगनखेल क्षेत्र परिक्रमासहित कोण सभा सपन्न गरेको उक्त कार्यकममा पार्टीका केन्द्रीय समिति सदस्य एवम् ललितपुर जिल्ला इन्चार्ज विपिनको प्रमुख उपस्थिति थियो भने जिल्ला सेक्रेटरी अनुप शर्मा र विकास महर्जन लगायत जनवर्गीय संगठन , जिल्ला कमिटि सदस्य र आम जनताको पनि सहभागिता रहेको थियो । दलाल पुजीवादी व्यवस्थाले निश्चित व्यक्तिको मात्र हित गर्ने र आम किसान मजदुरहरुको हित नगर्ने भएकाले यो आफैमा गलत काम हो । झन् सहयोग र सकार्यको नाममा वित्तीय सस्थाले आम नागरिकलाई न्याय नगरेको विपीनले जिकिर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले भने,”जनताको पैसा प्रयोग गरेर मोज मस्ती गर्ने र बुलेट प्रुफ गाडीमा हिड्ने छुट तिनीहरुलाइ छैन । ” उक्त कार्यक्रम पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नै सम्पन्न भएको जानकारी शर्माले दिनुभयो । नेकपाले दलाल एवम् चर्को ब्याज असुली गर्ने सहकारी , बैक तथा वित्तीय सस्थालाई कारवाहीको दायरामा ल्याउने घोषण गरेको छ ।

प्रतिक्रिया