होमस्टे तथा कृषि पर्यटन प्रबर्द्धन तालिम सम्पन्न


१८फागुन,काभ्रे ।
एकीकृत समाज विकास नेपालको आयोजना र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर २, नारायणटारमा पाँच दिने होमस्टे तथा कृषि पर्यटन प्रबर्द्धन तालिम सम्पन्न भएको
छ ।

स्थानीय तथा रैथाने उत्पादनको प्रबर्धन एवम् बजारीकरण गरी सामुदायिक होमस्टेमार्फत आयआर्जनको स्रोत निर्माण गर्न तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष विनोद पहरीले बताउनुभयो । उहाँले भन्नुभयो,“रोशी गाउँपालिका प्राकृतिक धार्मिक तथा कृषि पर्यटनका दृष्टिले अनुपम नमुना हो, यहाँ तीनधारे तथा प्रख्यात बाहुबली झरना, लक्ष्मीनारायणको मन्दिर तथा बिसुन लामाको गुम्बाजस्ता थुप्रै प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरू रहेकाले होमस्टेमार्फत प्रचार प्रसार गर्दै पर्यटन पप्रबर्द्धन थप टेवा पुग्ने भएकाले पनि यो तालिम सञ्चालन गरिएको हो ।”तालिममा बाह्र जना पुरुष र दुईजना महिला गरी जम्मा चौध जनाको सहभागी रहेको थियो ।

प्रतिक्रिया