लोयोला स्कुलको खेलकुद सप्ताह उद्घाटन समारोह सम्पन्न


काठमाडौ ७ फागुन ।
७३औँ प्रजातन्त्र दिवसको अवसर पारी काठमाडौ तिनकुने स्थित लोयोला माध्यमिक विद्यालयले “पिस म्याराथन” आयोजना गरेको छ। आजबाट विद्यालयले खेलकुद सप्ताह पनि सुरूआत गरेको हो। विद्यालय परिसरभित्र नै औपचारिक कार्यक्रम मार्फत खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न भएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक एवम प्रधानाध्यापक रमेश पनेरुले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रतिष्ठत चिकित्सक, मोडल एवं मिस्टर नेपाल २०१९का विजेता डा.सन्तोष उपाद्ध्यायको विशेष उपस्थिति रहेको थियो।

विद्यालमा शैक्षिक कार्यक्रम संयोजक एवम् अध्यापक नारायण कोइराला कार्यक्रमको विशेष अतिथिका रूपमा रहनु भएको थियो।
कार्यक्रमा कक्षा ११ र १२मा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरूको उत्साहापुर्ण सहभागीता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक रमेश पनेरूले भन्नुभयो,”विद्यालयमा अध्ययन अध्यापन बाहेकका विभिन्न क्रियाकलापहरू संचालन गर्दा विद्यार्थीको सर्वाङ्गीण विकास हुने र शृजनशीलतामा पनि वृद्धि हुने हुदा हामीले बर्सेनी यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेका छौ।”
पनेरूका अनुसार, एकोहोरो अध्यापनमा मात्रै केन्द्रीत रहदा विद्यार्थीमा मोनोटोनस मसुसस हुने र यस्ता गतिविधिहरूले रिफ्रेस्मेन्ट दिने हुदा पनि कार्यक्रम आयोजन गरिएकोएको हो।

प्रतिक्रिया