ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य


सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ।

सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एघार रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ५ रूपैयाँ घटाएको जानकारी दिएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ११ रूपैयाँ १८ पैसा र डिजेलमा पाँच रूपैयाँ ३ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

प्रतिक्रिया