विकिनी किलर शोभराजलाई नेपाल आउन १० वर्ष रोक


काठमाडौ।
अपराधको चाङ बनाएका अन्तरास्ट्रिय विकिनी किलर चार्ल्स शोभराजलाई १९ वर्षपछि जेलमुक्त गरिएको छ। तर उनलाई नेपाल आउन भने १० वर्ष रोक लगाइएको गृहप्रशासनले बताएको छ ।
चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि ‘डिपोट’ गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।

उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले कैद छोट्याएर छाड्न आदेश दिएपछि केन्द्रीय कारागारले शोभराजलाई अध्यागमन विभाग बुझाएको थियो। 

उनले अफू फ्रान्स गए पनि नेपाल सरकारलाई मुद्दा  हाल्ने जस्ता चेतावनी दिएका छन् । शोभराजको जेल निष्कासनले सामाजिक संजाल एवम् संचार माध्याममा समेत खैलाबैला ल्याइदिएको छ ।

प्रतिक्रिया