जसले विश्वकपमा जिते सुनको जुत्ता


काठमाण्डाै – फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।
प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् ।
एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्बाप्पेको गोलसङ्ख्या समग्रमा १२ गोल पुगेको छ ।
कतार विश्व कप फुटबलमा सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।
अर्को विश्वकप सन् २०२६ मा हुनेछ ।

प्रतिक्रिया