मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय: ५ दिनभित्रसाझा कार्यक्रम


काठमाडौं ।
पहिलो चरणामा भएको मन्त्रिपरिषद् गठनसङ्गै साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय
गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।
यससङ्गै सत्तागठबन्धनले प्रदेशहरुमा पनि सरकार गठनको तयारी गरिरहेको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार बारे पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया