भोलिदेखि उपत्यकावासीको घरमा मेलम्चीको पानी


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए ।  उनका अनुसार भोलि बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

प्रतिक्रिया