आज विश्वकपः क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि खेल हुँदै


काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीच खेल हुँदैछ ।

मोरक्को र क्रोएसियाबीचको खेल खलिफा इन्टरनेसनल स्टेडियममा नेपाली समय अनुसार आज राति ८:४५ बजेबाट सुरु हुनेछ ।

यसघि भएको सेमिफाइनलमा साविक उपविजेता क्रोएसियाले अर्जेन्टिनाविरुद्ध ३-० को पराजय भोग्दा फ्रान्सले भने मोरक्कोलाई २-० ले पराजित गरेको थियो ।

अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल भने आइतबार राति हुने छ ।

प्रतिक्रिया