लेलेको जलकुमारी- बालकुमारी मन्दिरमा चोरी


ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ।

बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीररराज शाहीले जानकारी दिए।

उनका अनुसार मध्यराति १:२२ बजे दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिसिटिभी फुटेजमा पनि देखिएको छ।

प्रतिक्रिया