कबड्डी ४’को तीन दिनको ग्रस कमाइ आठ करोड


काठमाडौं । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ ।

तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० करोडको आँकडा पार गर्ने अनुमान छ । झण्डै तीन करोड लगानीमा निर्माण भएको फिल्मले रिलिजअघि नै विदेश र डिजिटल अधिकार बिक्रीबाट लगानी सुनिश्चित गरेको छ । मणिराम पोखरेल र बाँसुरी फिल्म्सले निर्माण गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका छ ।

प्रतिक्रिया