बालेनको प्रस्ताव : सडकका खाल्डा पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स
काठमाडौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वााधर एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव नगर कार्यपालिकामा राखेका छन् ।
सोमबार बसेको पहिलो बैठकमा साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ ओटा भौतिक पूर्वााधर एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका हुन् । उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ । उनले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको मेयर साहले सुनाए । नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समते उनले बताएका छन् । मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई एजेण्डा बनाएका छन् ।