इटालीमा ककपिटमा निदाउने क्याप्टेनको जागिर चट्


रोम । इटालीको राष्ट्रिय ध्वजावाहक एयरलाइन्सका एकजना क्याप्टेनलाई उडानको समय कन्ट्रोलमा मस्तसँग सुतेको आरोपमा बर्खास्त गरिएको छ । उनको यस कमजोरीका कारण ट्राफिक कन्ट्रोलरहरूले १० मिनेटसम्म विमानमा सम्पर्क गर्न नसकेको बताइएको छ ।

इटालियन दैनिक अखबार रिपब्लिकाका अनुसार गएको अप्रिल ३० मा अमेरिकाको न्युयोर्कबाट इटालियन सहर रोमतर्फ उडिरहेको आईटीए एयरवेजको कलसाइन एजेड ६०९ रहेको यात्रुवाहक एयरबस ३३० विमानको कन्ट्रोलमा डिउटीमा रहेका दुई पायलट नै निदाउन पुगेका थिए । सहचालक भने आराम गर्ने नियम र प्रक्रियाअन्तर्गत नै रहेर निदाएको तर क्याप्टेन त्यति बेला बिउँझेको अवस्थामा हुनुपर्ने नियम रहेको बताइएको छ । ट्राफिक कन्ट्रोलसँग १० मिनेट सम्पर्कविच्छेद रहँदा विमान अटो पायलट सिस्टममा उडिरहेको थियो ।

प्रतिक्रिया