गीतकार तथा निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै


काठमाडौ ।

निर्भाना प्लसको प्रस्तुतिमा सुपक अधिकारीको यथार्थपरक गीत गोर्खा पल्टनको छायांकन सक्किएको छ ।
लैङ्गिक विभेदको कारण साथै विभेद हटाउनु पर्छ भन्ने मूल कथा र सन्देश गीतमा रहेको छ । गीतमा सुपक अधिकारीको शब्द, रिमेस थापाको संगीत , नित्याशिवा र शान्तिश्री परियारको स्वर, बासु बरालको छायांकन , मदन न्यौपानेको शृङ्गार, विकास दाहालको ड्रोन, सियोन श्रेष्ठको नृत्य निर्देशन साथै शंकर अधिकारी घायलको निर्देशनमा स्मारिका ढकाल र दीपा शाहीको अभिनय रहेको छ । सिलन लम्सालको सम्पादन रहेको गोर्खा पल्टन गीतको प्रस्तुत गीतको भिडियो निर्भाना प्लस युटुब च्यानल बाट रिलिज गरिने जानकारी निर्देशक घायलले बताउनुभयो । घायल गीत लेखन र निर्देशनमा अब्बल मानिन्छन् । उनको केही समय अघिमात्र सिरुपाते जुङ्गामा बोलको गीतले बजार तताएको थियो । यस गीतबाट उनको निर्देशकीय पाटोको अब्बल पन पनि देख्न सकिने विश्वास गरिएको छ ।

प्रतिक्रिया