आज माघे सङ्क्रान्ति साथै राष्ट्रिय योग दिवस


काठमाडौ
मकर सङ्क्रान्ती नामले चिनिने नेपालको एक प्रमुख चाड हो माघे सक्रान्ती । यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको।
माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु तिलको लड्डु र तरुल खाएर मनाइन्छ।
आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियम लगायतका तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ।
यसपर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट , कन्काइ तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।
यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या/सेर्ल्हेस पनि भनिन्छ । धार्मिक सहिष्णुता भएको नेपालमा यस्ता पर्वले भाइचाराको सम्बन्धमा थप उर्जा थपेको देखिन्छ ।
यो पनि…..
आज आठौं राष्ट्रिय योग दिवस ।२०७२ साल साउन २८ गते बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले माघ१ गतेलाइ राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेबमोजिम आज देशभरी राष्ट्रिय योग दिवस पनि मनाइदै छ ।

प्रतिक्रिया