विद्यालय तहमा नै योग शिक्षा आवश्यक : प्रधानमन्त्री दाहाल


काठमाडौ ।
आज भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन/अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन् ।
आजको युगमा भौतिक विकासले मात्र समृद्धी नआउने भएकाले त्यसका लागि ध्यान तथा योगको आवश्यक पर्ने कुरा मा उनले जोड दिएका छन् ।
भौतिक रूपले मात्रै सम्पन्न गराउने नभई मानिसलाई मानसिक रूपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउनुपर्ने तथा विश्वविद्यालयसम्म योग शिक्षा लगेमा मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिन सकिने कुरामा जोड दिएका थिए ।
योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारका तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
“स्वस्थ जीवनको चाहना योग शिक्षा र साधना”भन्ने मूल नाराका साथ यस वर्षको योग दिवस मनाइदै छ ।

प्रतिक्रिया