वर्ल्डकप : फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनालाई उपाधि


कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । केहिबेर अघि सम्पन्न खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।

लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा टुंगिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मारेको हो ।

प्रतिक्रिया