कृषि क्षेत्रमा २ अर्ब ५९ करोड बजेट, दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान दिइने


प्रदेश १ सरकारले कृषि क्षेत्रका लागि २ अर्ब ५९ करोड २३ लाख बजेट विनियोजन गरेको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ मूल नाराका साथ कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।
यस्तै प्रदेश सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने भएको छ भने उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गर्न १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै एकीकृत बजारीकरण मोडल अनुसार नमुना कार्यक्रम सञ्चालन गर्ने र स्वरोजगार हुन चाहने युवाका लागि तरकारी, च्याउ, मह उत्पादनका लागि प्रोत्साहन गरिने आङ्बोले बताए ।

प्रतिक्रिया