राज्यमन्त्री विमला वलीलाई बर्खास्त गर्न एमालेको माग


महिला र बालिकामाथि हातपात गर्ने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बर्खास्त गर्न एमालेले माग गरेको छ।

लुम्बिनी प्रदेश सभामा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नैतिकताको आधारमा आजकै मितिदेखि बर्खास्त गर्न आग्रह गरे।

एक जना मन्त्रीको कारण प्रदेश सरकार, प्रदेशसभा र प्रदेशबासीकै शिर निहुरिएको भन्दै वलीलाई बर्खास्त गरी सरकार र संसदको गरिमा जोगाउन मुख्यमन्त्री केसीलाई चौधरीले आग्रह गरे।

प्रतिक्रिया