वर एन्ड बधू’ को निर्माण घोषणा, आँचल र विवेक जाेडी
काठमाडौ ।
मिलन चाम्सले निर्देशन गर्ने फिल्म ‘वर एन्ड बधू’को औपचारिक निर्माण घोषणा गरिएको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो।
निर्देशक चाम्सले फिल्म नेपाली र हिन्दी भाषामानेपाली फिल्मलाई कसरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकिन्छ भनेर रातदिन यही चिन्ताले सताइरहन्छ। हामीले यो फिल्म केही फरक तरिकाले बनाउने प्रयास गरेका छौं,’ उनले भने। बन्ने बताए। कमेडी र प्रेम कथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिनेछ। यही फिल्मबाट विवेक डेब्यू गर्दैछन्।
फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, मनोज केसी, बुद्धि तामाङ, सृष्टि खड्का, रविना केसीलगायत कलाकारको पनि अभिनय रहनेछ। फिल्ममा साम्राज्ञी अतिथि भूमिकामा हुनेछिन्।