रमेश तामाङको देशले माग्दैन गीत बजारमा आउँदै


काठमाडौ ।
नुवाकोटको पन्चकन्या थर्पेक ४ मा जन्मेर विदेशी भूमीमा कर्मथलो बनाएका नेपाली गीत/ संगीतलाई माया गर्ने युवा हुन् रमेश तामाङ ।
विदेशी भूमीमा रगत पसिना बगाए पनि हरपल आफ्नो देशको मायामा होमिएका तामाङले देश प्रेमले ओतप्रोत भएको गीत निकाल्दै छन् , देशले माग्दैन आफैले दिनु पर्छ…।
यस गीतमा दीपक लिम्बू, नित्याशिवा र सुर्य भुजेलको स्वर, विकास चौधरीको संगीतमा राजीव शाहको संगीत संयोजन रहेको छ। धेरै तामाङ सेलो र आधुनिक गीतमा कलम चलाइ सकेका रमेशले आफ्नो सानैदेखिको भावना कलम मार्फत पोख्दै आएका छन। छिट्टै आफ्नै आवाजमा एउटा गीत गाउने तयारीमा छन रमेश तामाङ । उनलाई हाम्रो पनि शुभकामना !

प्रतिक्रिया