लोयोला स्कुलमा सरस्वती पूजा सम्पन्न


काठमाडौ ।
काठमाडौ सिनामंगलस्थित लोयोला स्कुलले भव्यताका साथ सरस्वती पूजा सम्पन्न गरेको छ । पूजाआजासङ्गै विद्यार्थीले विभिन्न साँस्कृतिक कार्यक्रमका साथै नाटकमासमेत सहभागिता जनाएका थिए । कार्यक्रममा अभिभावक तथा अन्य आगन्तुकहरूको पनि उपस्थिति रहेको थियो । विद्यार्थीले पूजा गरेर मात्र हुँदैन आप्नो जिम्मेवारीलाई पनि बुझेर निरन्तर पढाईमा साधना गर्नेले मात्र सफलता पाउने तर त्यसका लागि घरपरिवार एवम् अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको कुरा विद्यालयाका प्राचार्य रमेश पनेरुले बताउनुभयो ।कार्यक्रममा सानासाना नानीबाबुदेखि कक्षा १२ सम्मका विद्यार्थीले आप्ना प्रस्तुति देखाएका थिए ।

प्रतिक्रिया