माधवकुमार नेपाल राष्ट्रपति बन्न आतुर


काठमाडौ ।
मन्त्रीमण्डल नेतृत्व तय भएसङ्गै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्न आतुर भएको छनक दिएका छन् । पार्टीको शनिबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा उनले गठबन्धन भत्किनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कमजोरी रहेको पनि बताएका थिए ।
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य बैठकले आइतबारसम्म सरकारमा जाने या नजाने विषयमा निर्णय गर्ने भनिएको छ ।

पछिल्लो समय नेकपा एमालेबाट नै नेकपा एकीकृत समाजवादीलाई आफ्नो पार्टीसँग एकीकरण गर्न प्रस्ताव आएको र यो प्रस्तावसँगै माधवकुमार नेपाललाई राष्ट्रपतिको अफर आएको बताइएको छ । त्यसो त माधवकुमार नेपालले अहिले आफू राष्ट्रपति बन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएका छन् । 

प्रतिक्रिया