पर्समा भुलेर पनि नराख्नुहोस् यी ४ चीज, बेवास्ता गरे भोग्नु पर्नेछ चरम आर्थिक संकट


काठमाडौं । हिन्दु धर्ममा वास्तु शास्त्रको विशेष महत्व छ । हाम्रा वरपर भएका कुराहरुले जीवनमा सकारात्मक र नकारात्मक प्रभाव पार्छन् ।
सामान्यतया मानिसहरु आफ्नो पर्समा पैंसासँगै अन्य अतिरिक्त धेरै कुराहरु राख्छन् । वास्तु शास्त्रमा धेरै चीजहरुबारे वर्णन गरीएको छ ।
पर्समा केही चीजहरु राख्नु अशुभ मानिन्छ । वास्तु शास्त्रमा वर्णित कुराहरुका अनुसार, पर्समा पैंसाबाहेक अतिरिक्त धेरै कुराहरु पर्समा राख्दा आर्थिक संकट आउन सक्छ ।
पर्समा तल दिइएका निम्न कुराहरु राख्दा आर्थिक संकटसँगै अन्य समस्याहरु पनि आउने गर्छन् ।
१. भगवानको फोटो
वास्तु शास्त्र अनुसार कुनै पनी भगवानको फोटो पर्समा राख्नु हुदैन । यो विश्वास गरिन्छ कि पर्समा भगवान को फोटो राख्दा एक व्यक्ति ऋणको बोझ बोक्न सक्छ र धेरै बाधाहरु उसको जीवनमा आउन सक्छन् ।
२. मृत आफन्तहरुको फोटो
मृत आफन्त वा परिवारको फोटो पर्समा कहिल्यै राख्नु हुदैन । वास्तु शास्त्रमा यसलाई अशुभ मानिन्छ । यस्तो गर्नाले मानिस विभिन्न खालमा आर्थिक समस्याहरुबाट गुज्रनुपर्छ ।
३. चाबी
वास्तु शास्त्र अनुसार, चाबी पनि पर्समा राख्नु हुँदैन् । शास्त्र अनुसार पर्समा चाबी राख्दा जीवनमा नकारात्मकता आउँछ । पर्समा चाबी राख्दा आर्थिक संकटको समाना गर्नुपर्ने हुन सक्छ ।४. पुरानो बिल
मानिसहरुको खरीदारी पछि बिल आफ्नो पर्समा राख्ने गर्छन् । वास्तु शास्त्र अनुसार पुरानो बिल पर्समा राख्नु शुभ हुँदैन् । यस्ता मान्छेहरुमाथि लक्ष्मी माताको कृपा रहँदैन भन्ने विश्वास गरीन्छ ।

प्रतिक्रिया