नेपथ्य ब्यान्डका अमृत गुरुङले गाए पहिलो फिल्मी गीत


अनुप बराल निर्देशित फिल्म ‘दोख’को ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले पहिलो पटक फिल्मी गीत गाएका हुन्। श्रवण मुकारुङको शब्द रहेको गीतमा आभाषले संगीत भरेका छन्।

फिल्मले सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँबीचको किचलो देखाएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
फिल्मको कथा राजन कठेतले लेखेका हुन्।

फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन्।

प्रतिक्रिया