किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की


नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताए ।
“किसानसँग सरकार भन्ने कुरालाई कार्यगत रुपमा लाग्न सक्यौ भने किसानलाई बलियो बनाउन सक्छौँ । किसानका छोराछोरीको पढ्ने ग्यारेन्टी र किसान विरामी भएमा ग्यारेन्टी हुन सके किसान बलियो हुन्छ ।’ कार्कीले भने, किसानलाई सबलीकरण नभएसम्म नेपालमाथि जान सक्दैन । अगाडिको बजेटभन्दा कमसेकम यस पटक अलिकति भएपनि किसानहरुलाई महत्व दिएको छ । त्यसलाई स्वीकार गर्दछु ।”

प्रतिक्रिया