काठमाडौंको उपमेयर पदमा दोहोर्याएर मतगणना गर्न एकीकृत समाजवादीका श्रेष्ठले दिए निवेदन
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।
श्रेष्ठले निवेदनमा उपमेयर पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा मत संकेत गरिएको मतलाई बदर नमान्न माग गरेका हुन्। काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहोर्याएर गर्न माग गर्दै निवेदन आएको पुष्टि गरे ।