सरकारद्वारा खेलकुदतर्फ २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन
काठमाडौ ।
सरकारले प्रस्तुत गरेको बजेटमा यस वर्ष पनि खेल क्षेत्रलाई महत्वका साथ हेरेको देखिएन । गत वर्षको भन्दा २८ करोड घटाएर खेल क्षेत्रलाई बजेट विनियोजन गरियो । यसले खेल क्षेत्रको भविष्य झन् संकटमा पर्ने देखिन्छ । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा बजेट घटाएको छ ।
चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा यस वर्ष भने २८ करोड रुपैयाँ कटाएको छ ।नयाँ आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।