देशका धेरै ठाउँकाे माैसम बदली : केही ठाउँमा हावाहुरी, मेघगर्जनसहित पानी
काठमाण्डाै १०,चैत
अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ ।
स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ ।
प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा भारतमा उत्पति भएको समुद्री आँधीको प्रभाव भने नभएको माैसमविद् घिमिरेकाे भनाइ छ ।