शिक्षक लाइसेन्स परीक्षा: हट्यो नेगेटिभ मार्किङ


भक्तपुर ।
शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्सको परीक्षामा नेगेटिभ मार्किङ हटाउने भएको छ। खस्कँदै गएको नतिजालाई केही राहत दिनका लागि आयोगले लाइसेन्सको परीक्षामा केही सुधार गर्ने भन्दै नेगेटिभ मार्किङ हटाउने भएको हो ।
आयोगका उच्च अधिकारीका अनुसार शिक्षक छनोटका लागि लिएको तीनै तहको सामान्य विषयको परीक्षाको नतिजा लज्जास्पद आएपछि आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा वस्तुगत प्रश्नमा नेगेटिभ मार्किङ हटाएको छ। आयोगले विगतमा एउटा प्रश्न गलत भएमा २०% नम्बर कट्टा हुने प्रावधान राखेको थियो ।

प्रतिक्रिया