टिभी प्रसारण नेटवर्क बन्द गरि अनलाइनमा सीमित हुँदै बीबीसी


काठमाडौं ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले आफ्नो प्रशारणका नेटवर्क बन्द गरेर अनलाइनबाट मात्र आफ्नो सेवा दिने तयारी गरिरहेको छ । बीबीसीले आफ्नो दुई टेलिभिजन नेटवर्क बन्द गरेर उक्त नेटवर्कको सामग्रीलाई कम्पनीको स्ट्रिमिङ प्लेटफर्म बीबीसी आईप्लेयरमा लैजाने तयारी गरेको हो ।

बीबीसीले ‘डिजिटल फस्ट’ योजना अन्तर्गत यो कदम चाल्न लागेको जनाइएको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्नो कला र वृत्तचित्र सम्बन्धी नेटवर्क बीबीसी फोर र बालबालिका लक्षित सीबीबीसी नेटवर्क केही वर्षभित्र नै बन्द गर्ने बताइएको छ ।

प्रतिक्रिया