देशको अर्थतन्त्र समस्याग्रस्त हैन, संकटग्रस्त छ– गगन थापा
काठमाडौ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका छन् । उनले प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा सम्बोधन गर्दै अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका हुन् । ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ,’ थापाले भने, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौति भएको थापाले बताए ।
कृषि प्रधान देश भनिएपनि सबैजसो कृषिजन्य वस्तुको आयात बढ्दा समेत देशको अर्थतन्त्र झन संकटतर्फ मोडिएको थापाले बताए । अहिलेकै तरिकामा अघि बढ्दा देशको अर्थतन्त्र क्र्यास हुन सक्नेमा उनले चिन्ता व्यक्त गरे । यसैगरी, नेपाल आत्मनिर्भरउन्खु औद्योगिक उत्पादनको आयात घटाउन सरकारलाई उनले आग्रह गरे ।