स्मार्ट लाइसेन्स: ‘जुनसुकै यातायात कार्यालयमा परीक्षा दिन सकिनेगरी एक साताभित्रै आवेदन खोलिने’


 

 

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन पुनः सुरु गर्ने तयारी अघि बढाएको छ।

विभागका अनुसार नयाँ प्रणालीमा आधारित रहेर “एक साताभित्रै” आवेदन खुला गर्नेगरी तयारी अघि बढाइएको हो।

नयाँ प्रणालीले जुनसुकै स्थानमा रहेका मानिसले देशको जुनसुकै यातायात कार्यालयबाट सेवा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने सरकारी दाबी छ।

प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आयसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ।

प्रतिक्रिया