सिटौलाको गृहनगर भद्रपुरको मेयरमा कांग्रेस, उपमेयरमा राप्रपा
काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
मेयरमा कांग्रेसका गणेश पोखरेल १२ हजार ५२५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशले ९ हजार ७५९ मत पाए ।
त्यसैगरी उपप्रमुखमा भने राप्रपाका राधा कार्की ९ हजार २३० मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका शिवकुमार राजभण्डारीले ८ हजार ५३३ मत ल्याउँदा एमालेका कौशल्या अधिकारीले ८ हजार ४०३ मत प्राप्त गरिन् ।भद्रपुर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृहनगर हो ।