चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ बिकलाई बाघले आक्रमण गरेको थियो ।
आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट बिकको घटनास्थलमा नै मृत्यु भएको उहाँकाे भनाइ छ ।
बिकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।