गौतम होलिडेजको हार्दिक अपिल
काठमाण्डौ । गौतम होलिडेजले आज एउटा अपिल जारी गर्दै आफ्नो एक मात्र कार्यालय काठमाण्डौ महानगर पालिका वडा नम्बर – ३२ जडिबुटी मात्र रहेको स्पष्ट पारेको छ।विगत १४ वर्ष देखि पर्यटकिय क्षेत्रमा “पहिले देश घुमौ” भन्ने नाराका साथ यात्रामा उल्लेखनीय सेवा दिँदै आएको छ। ट्राभल्स कम्पनीका सञ्चालक उत्तम गौतम का अनुसार पछिल्लो समय केही व्यक्तिहरूले गौतम होलिडेज प्रति भ्रामक र कपोकल्पित झुटा सन्देशहरू दिएर होलिडेज का संचालक हौ भनी नक्कली सञ्चालक बनी केही मान्छेहरूलाई भ्रममा पारी यात्रामा लगेर दुःख दिने र ठग्ने गरेको भनी बजारबाट सेवाग्राही हरुको गुनासो आएको हुँदा गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै हाम्रो अन्य कुनै शाखा एबम् उपशाखा नरहेको बताउनु भयो।साथै गौतम होलिडेज नाम गर्दै अन्य कोही कसैले भ्रामक कुरा गरेमा विश्वास नगर्न आग्रह गर्दै सम्पूर्ण ग्राहकहरुलाई सिदा कम्पनीमा सम्पर्क गर्न समेत अपिल गर्नुभएको छ।जारी विज्ञप्तिमा गौतम होलिडेज को नाम लिएर अफबाह फैलाउने लाई यस्ता गलत प्रवृत्ति गरेर कसैको चरित्र हत्या नगर्न अनुरोध गर्दै यस्ता गतिविधि दोहोरिए कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन।
यस्तै पर्यटकिय क्षेत्रमा जोडिएर सेवा दिन पाउँदा गर्विलो महसुस गर्दै आगामी दिनहरुमा अझै राम्रो,सुरक्षित,भरपर्दो मनोरञ्जनात्मक यात्रा गराउने प्रतिबद्धता सहित आफ्ना ग्राहकहरुलाई भ्रमको पछि नलाग्न आग्रह गरेको छ।

