क्रिकेटर सन्दीप लामिछाने धरौटीमा छुट्दै


काठमाडौ ।
उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। नाबालिग बलात्कार आरोपित लामिछानेलाई गत असोज २० गते गते प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।

काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीप उच्च अदालत पुगेका थिए।
गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो। इजलासले उनलाई २० लाख धरौटी सहित छाड्न आदेश दिए पनि भोलि मात्र छुट्छन् तर उनी विदेश जान र काठमाडौ उपत्यका छोड्न नपाउने भनिएको छ । यदि जानै परे जिल्ला प्रशासन कार्यालयबाट स्विकृति लिनुपर्नेछ भनिएको छ ।
लामिछनेले नेपाल मात्र नभई क्रिकेट खेलमा अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो छवि बनाएका छन् ।

प्रतिक्रिया