सुदर्शन बरालले दिए लुम्बिनी प्रदेश अध्यक्षबाट राजीनामा


१० मंसिर, बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् ।

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्ष पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
अध्यक्ष पदमा नरहे पनि अविचलितरुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पुरा गर्ने र शहीदहरुको सामुमा लिएको शपथ कहिल्यै नभुल्ने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया