राम्रो बाँदर पाल्नेलाई पुरस्कार दिइने


दोलखाको कालिन्चोक गाउँपालिकाले ‘एक घर एक बाँदर’ कार्यक्रम ल्याएको छ। जसअनुसार अब प्रत्येक परिवारले एउटा बाँदर पाल्नुपर्ने छ।

यो कार्यक्रम आगामी मंसिरबाट सुरू गरिने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिए। उनले मंसिर लागेपछि भारतबाट बाँदर समात्ने दक्ष जनशक्ति झिकाएर हरेक परिवारलाई बाँदर वितरण गरिने जनाए।
अध्यक्ष सिवाकोटीले आफूले पनि बाँदर पाल्ने उल्लेख गर्दै अब सबै परिवारले अन्य घरपालुवा जनावर पालेजस्तै बाँदर पाल्नुपर्ने बताए।
एक घर एक बाँदर’ कार्यक्रम अगाडि बढाउनकै लागि गाउँपालिकाले सुरूवाती ५ लाख बजेट छुट्याएको छ। साथै राम्रोसँग बाँदर पाल्ने परिवारलाई पुरस्कृत गरिने अध्यक्ष सिवाकोटीले जनाए।

कतिपयले भने यो कार्यक्रमलाई लिएर अनौठो मानेका छन्।

प्रतिक्रिया