शिक्षक र विद्यार्थीका लागि लेभ्निङ ब्रान्डको स्कुटरमा विशेष अफर


बज्र ग्रुपअन्तर्गत इभी नेपाल मोटर्सले शिक्षक र विद्यार्थीका लागि लेभ्निङ ब्रान्डको स्कुटरमा विशेष अफर समेत ल्याएको छ ।

शिक्षक तथा विद्यार्थीको लागि १० हजारमा स्कुटर उपलब्ध गराउने योजना ल्याएको कम्पनीले जनाएको छ । “तपाईंको गोजीमा कति छ भन्ने स्किम अन्तर्गत १० हजारमा लेभ्निङ स्कुटर शिक्षक तथा विद्यार्थीले पाउनेछन्,” कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, “नबिल बैंकको शून्य प्रतिशत ब्याजमा पनि स्कुटर किन्न सक्नेछन् ।”
कम्पनीले नगदमा भने किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार छुट गरिएको जनाएको छ । शिक्षक तथा विद्यार्थीको खर्च बचत हुने, पेट्रोल हाल्न नपर्ने भएकोले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि १० हजार वा शुन्य प्रतिशत ब्याजदरमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागु गरेको जनाएको छ ।

विद्यार्थीको लागि भने फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सक्ने जनाएको छ ।

प्रतिक्रिया