एमालेले जनार्दन शर्मालाई अर्थमन्त्री स्वीकार नगर्ने


नेकपा (एमाले) का सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्मालाई एमालेले अर्थमन्त्रीको रूपमा स्वीकार नगर्ने बताएका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकको सम्बन्धमा अर्थ मन्त्रालयको जवाफ दिन अर्थमन्त्री शर्मालाई कार्यसूचीमा राखेकोप्रति आपत्ति जनाउँदै सांसद ढकालले शर्मालाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसकिने बताएका हुन्।
सांसद ढकालले अर्थमन्त्रीलाई जिम्मेवारीबाट नहटाएकाले विचौलियाहरुको सञ्जाल अर्थमन्त्री भन्दा माथि पनि छ कि भन्ने आशंका उब्जाएको बताए।। उनले जेठ १४ गते बेलुकी ७ बजेदेखि जेठ १५ गते बिहान ८ बजेसम्मको सिसिटीभि फुटेज हेरेर दोषीलाई कानूनको कठघरमा ल्याउनुपर्ने र त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरे।

प्रतिक्रिया