ललितपुरको गठबन्धनः काँग्रेसमाथि भोट खनियो, माओवादी उम्मेदवारले पाएनन्
काठमाडौ ७,जेठ
ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन भएपनि भोट भने सोअनुसार नआएको मतपरिणामले देखाएको छ । ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको छ ।
जसमा चिरीबाबु महर्जनले मेयरमा २७६९४ मत पाउँदा उपमेयरमा माओवादी केन्द्रका बाबु राज बज्राचार्यले भने उल्लेख्य भोट पाएका छैनन् । उनले मात्र १०४३६ मत पाएका हुन् । उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १५५९२ मत पाएकी छन् ।
मेयरमा भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६१४५ मत पाउँदा चिरिबाबुले ११ हजार बढीको मतान्तरका साथ अग्रता बनाइरहेका हुन् । हालसम्म ललितपुरमा ५० हजार बढी मतगणना भइसकेको छ ।