स्थानीय निर्वाचनको प्रमुख नेतृत्वमा महिला सवालबारे अन्तरक्रिया


काभ्रे ।

स्थानीय निर्वाचन नजिकिएसँगै विभिन्न दलले आफ्ना उम्मेद्वारहरू किटान गरिसकेका छन् । उम्मेद्वार किटान गरे पनि मुख्य नेतृत्वको जिम्मा महिलाहरुमा निकै कम भएको अध्ययनले देखाइरहेको अवस्थामा सीमान्तकृत पिछडा तथा दलितका साथेै अन्य महिलाहरुको सहभागितामा किन कम भयो भन्ने विषयमा एक्टिभ नेपालको अयोजना तथा युएनडिपी र युएन उमनको सहयोगमा काभ्रेपलान्चोक जिल्लास्तरीय कार्यक्रम आज पनौतीमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न दलका उम्मेद्वार तथा प्रतिनिधिले नेतृत्वमा महिलाहरुको न्यून सहभागिताको कारणमाथि प्रष्ट पारेक थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य चन्द्रकला थापा, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष तथा पनौती नगरपालिका वडा नं. ४ की वडा अध्यक्षकी उम्मेदवार सुशिला सुवाल नेपाली काँग्रेस महसमिति प्रतिनिधि मिरा नेपाली र नेपाली काँग्रेस काभ्रे जिल्ला सदस्य एवम् महिला विभाग प्रमुख अनिता कार्की थापाले उपस्थित सहभागी मतदाता तथा स्थानीयहरुका सवालमाथि प्रष्ट पारेका थिए । निर्वाचन आयोग काभ्रेका अनुसार यसपटकको स्थानीय निर्वाचनमा काभ्रेपलान्चोकबाट ३ लाख ३ हजार ५ सय साठ्ठी मतदाताले मत प्रदान गर्दैछन् ।

प्रतिक्रिया