सिन्धुपाल्चोकमा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
सिन्धुपाल्चोकको चौतारामा उम्मेदवारी दर्ता गर्ने क्रममा झडप भएको छ । माओवादी केन्द्र र अन्य दलका उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा होहल्ला गर्दा झडपको स्थिति बनेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रातोपाटीलाई बताए ।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्यास प्रहार गरेको छ । केही सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको प्रजिअ खनालले बताए । आक्रोशित समूहले चौतारा नगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।
चौतारामा माओवादी नेता अमानसिंह तामाङले काठमाडौंमा बस्नेलाई टिकट दिएको भन्दै विवाद शुरु भएको थियो ।