एकै दिन एक हजार ६५६ चालक कारबाहीमा


काठमाडौं

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६५६ जना चालकहरू कारबाहीमा परेका छन्। हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले उनीहरूलाई कारबाही गरेको हो।

जसमा फुटपाथमा पार्किङ गर्ने ७२ जना, मदिरा पिएर सवारी साधन चलाउने एक सय जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७२ जना, ढोका खुल्लै राखेर सवारी चलाउने २५ जना रहेका छन्।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ७४ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४४ जनालाई पनि कारबाही गरिएको छ। क्षमता भन्दा बढी यात्रु राख्ने २६ जना चालकहरू पनि ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

प्रतिक्रिया